भदौ १७ । सरकारले बाढि पहिरोबाट ठूलो मात्रामा क्षति पुगेका चार गाउँपालिकाका नागरिकलाई राहत रकम दिने भएको छ । आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले अघिल्लो वर्ष र यस वर्षको वर्षातमा बाढि पहिरोबाट पिडित बनेका नागरिकलाई राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष समेत रहेका गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा भएको बैठकले बाढी–पहिरोले गम्भीर क्षति पुगेका उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेल्धुराको गन्यापधुरा नगरपालिकालाई आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ । बैठकले ती गाउँपालिकालाई ३ करोड १४ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउन अनुमति दिएको हो ।
वर्षातले सवैभन्दा बढि उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेल्धुराको गन्यापधुरा नगरपालिकामा बढि क्षति पुर्याएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com