काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नं. १ मा अग्नि सापकोटा, माधव सापकोटा ‘सुबोध’ र फुलम तामाङ ‘प्रज्ञा’ को नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पुनः प्रतिनिधिसभामा उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सर्वसम्मत सिफरिस गरेको हो । यस्तै माओवादी पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध पनि प्रतिनिधि सभा सांसदका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । सुवोध पछिल्लो समय सिन्धुपाल्चोकमा लोकप्रिय नेताको छवी बनाउन सफल देखिएका छन् । पछिल्ला वर्षहरुमा सिन्धुपाल्चोक जिल्लामा मेलम्चीदेखि तातोपानी क्षेत्रमा आएको बाढि पहिरो, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिमा परेका स्थानहरुमा सुबोधको साथ सहयोगबाट स्थानीय बासिन्दाहरु प्रभावित बनेका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि सांसद बन्ने दौडमा रहेका उनलाई जिल्ला कमिटिले पनि सर्वसम्मत सिफारिस गरि पठाएको हो । यस्तै प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ फुलम तामाङलाई पनि उम्मेदवारका लागि सिफारिस गरि पठाइएको छ ।
एक नम्बर क्षेत्र प्रतिनिधिसभा तर्फ समानुपातिकका लागि पुण्यप्रसाद पराजुली, पुर्ण बहादुर तामाङ, गणेश विश्वकर्मा, पार्वती थामीको नाम सिफारिस भएको छ । यस्तै एक नम्बर क्षेत्र प्रतिनिधिसभा प्रदेश सभा (क) तर्फ प्रत्यक्ष उम्मेदवार तर्फ सरल सहयात्री सिफारिस भएका छन् । एक नम्बर क्षेत्र प्रतिनिधिसभा (क) तर्फ समानुपातिकमा राज कुमार पौडेल, लाल कान्छा तामाङ, ज्ञानेन्द्र बहादुर गुरुङ, आशा गुरुङ शेर्पा, राजु खाती र सुन्दर पहरीको नाम सिफारिस भएको छ ।
एक नम्बर क्षेत्र प्रतिनिधिसभाको प्रदेश सभा (ख) तर्फ प्रत्यक्ष उम्मेदवारका लागि अम्बिका नेपाल, चन्द्र सापकोटा, टोपनाथ सापकोटा, प्रतापसिँ तामाङको नाम सिफारिस भएको छ । प्रदेश सभा (ख) तर्फ समानुपातिकका लागि अमृता नेपाल, गोकर्णदास श्रेष्ठ, पदम श्रेष्ठ, सागर परियार, सुभाष सुन्दाश र टिकाराम पराजुलीको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र जिल्ला कमिटिले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com