भदौ, २४ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको नाममा प्रकाशित समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता केसीले आफूसँग कुनै छलफल नै नगरी अलोकतान्त्रिक र केन्द्रीय परिपत्र विपरीत आगामी चुनावका लागि उमेदवारको नाम सिफारिस गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
केसीले उमेदवारी सिफारिसलाई लिएर सामाजिक संजालमा गरिएको गलत प्रचारप्रति आफ्नो असहमति रहेको बताए । उनले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफू प्रतिनिधिसभामा सोलुखुम्बुबाट पुनः प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पनि बताएका छन् ।
यसअघि कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठकले केन्द्रीय सदस्य केसीको नाम समानुपातिकतर्फ र अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । नाम सिफारिस गर्ने समयमा केसी आमाको काजकिरियामा थिए भने त्यही समयमा केसी डाईवेटिज, रक्तचाप र डेङ्गु संक्रमणका कारण बिरामी भई अस्पतालमा उपचारत थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com