काठमाडौँ, भदौ, २८ । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनका लागि सोलुखुम्बुबाट माओवादीतर्फ उम्मेदवारका लागि ३ जना नेताहरुको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्र सोलुखुम्बुको बैठकले प्रतिनिधिसभा तर्फ हालका सांसद हेमकुमार राई सुरवीरलाई पहिलो नम्बरमा सिफारिस गरेको छ । माओवादी जिल्ला अध्यक्ष असिम राई दोस्रो नम्बर सुचीमा उम्मेदवारका लागि अटाइएका छन् । उनी गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा दोहोरिएर निर्वाचित भएका थिए । त्यस्तै बैठकले तेस्रो नम्बरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र बस्नेतलाई सिफारिस गरेको छ ।
आगामी निर्वाचनमा सत्ताघटक दलहरु गठवन्धन गरि जाने तयारी स्वरुप सिट बाडफाडका लागि सघन छलफलमा छन् । कुन निर्वाचन क्षेत्र कस्ले पाउने भन्ने टुंगो नभइसकका बेला जिल्लाबाट उम्मेदार सिफारिस भइ आउने क्रम जारी छ । एक निर्वाचन क्षेत्र मात्रै रहेको सोलुखुम्बुमा नेपाली काँग्रेसले आङगेलु शेर्पालाई एकल उम्मेदवारको रुपमा नाम पठाएको छ । तर केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीले एक लौटी नाम पठाइएको र आफूलाई अन्याय गरेको भन्दै जिल्ला कार्य समितिको सिफारिसप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।
सोलुखुम्बुमा सत्ता गठवन्धनबाट नेपाली काँग्रेस वा माओवादी केन्द्र मध्य कसले टिकट पाउने भन्ने अनिश्चित नै छ । केन्द्रमा दवाव सिर्जना गराउन दुवै दलका नेताहरुले उम्मेदवारहरुको सुची प्रस्ताव गरि पठाएको हो । नेपाली काँग्रेसभित्र जिल्लाबाट उम्मेदावारी सिफारिसमै मनमुटाव देखिएको छ । बलबहादु केसी पक्ष र प्रकाश सिंह कार्की जिल्लाको सस्थापन पक्षसंग रुष्ट छन् ।
माओवादी तर्फ हेमकुमार राई दोहोरिने मनस्थिति सहित उम्मेदवारीका लागि सिफारिस भएका हुन् । जिल्लामा लोकप्रियताका दृष्टीले थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका जिल्ला अध्यक्ष असिम राई उम्मेदवार हुने दाउमा छन् । उनले सांसदका लागि टिकट पाउने भए गाउँपालिका अध्यक्षबाट राजीनामा गरेर संसदीय निर्वाचनमा अघि बढ्ने योजना बनाएका छन् ।
यस्तै माओवादी केन्द्रले प्रदेशसभा तर्फ (क) का लागि गोम्बु शेर्पा (कर्ज्याङ), हिमाल गिरी, जुद्द बहादुर कार्की, राम कुमार राई, रामेश्वर कार्कीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ ठमनाथ पराजुली, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा, दावा तेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा समानुपातिक तर्फ दिल बहादुर नेपाली, पासाङ शेर्पाको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (क) र (ख) बाट समानुपातिक तर्फ क्रमश दिव्या खालिङ राई, शारदा माया तामाङ लगायत छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com