भदौ, २९ । साताको चौथो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से आज करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ ।
गत साताबाट लगातार कारोबारको ६ दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से हिजोदेखि भने सुधार भएको छ । नेप्से २८ भदौ आज दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक भने करिब ६ प्रतिशतले बढेको छ । आज नेप्सेमा ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबचे हुँदा १ अर्ब ४५ करोड ३८ लाख २५ हजारको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख ६९ हजारको कारोबार हुँदा गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ८ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८९ कम्पनीको सेयर किनबेच भएकोमा १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com