
भदौ, २९ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन् ।
राप्रपा र मिश्रबीच उपाध्यक्षमा सहमति भइसकेको निकट स्रोतले जनाएको छ । राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए ।
राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । यसअघि मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com