असोज, ११ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब १६ अंकले बढेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि ओरोला लाग्न थालेको नेप्से मंगलबार १५.९२ अंकले बढेर १ हजार ८ सय ३१.०५ विन्दुमा पुगेको हो । सो दिन कारोबारमा आएकामध्ये होटेल एन्ड टुरिजम र सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।
मंगलबार २ सय २९ कम्पनीको २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भएको छ । ती किनबेचबाट ६६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार १ अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका कम्पनीमध्ये १ सय ५२ कम्पनीको सेयर मूल्य बढ्यो २७ वटाको घट्यो र बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com