काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका लागि सत्ताघटक गठवन्धनबाट नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा ‘सुवोध’ले टिकट पाएका छन् ।
सभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता अग्नीप्रसाद सापकोटाले यस पटक उम्मेदवार नबन्ने घोषणा गरेपछि माओवादी केन्द्रको भागमा परेको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुवोध’ले टिकट पाएका हुन् । सुवोधले यस अघि नै आफूलाई संघीय संसदको उम्मेदवारका लागि बलियो दावेदारीका रुपमा आफुलाई अघि सार्दै आएका थिए ।
माओवादी केन्द्रले उम्मेदवारको अन्तिम नाम सार्वजनिक नगरेपनि सुवोधलाई उम्मेदवार बनाउने आन्तरिक सहमतिबाटै सभामुख सापकोटाले पत्रकार सम्मेलन गरी आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । सुवोधले भने, ‘युवा पुस्ताका लागि अवसर दिएर सभामुख ज्यूले राजनीतिमा एउटा त्याग गर्नुभयो, उहाँ नउठ्ने निश्चित भएपछि अब म स्वतः गठवन्धनको साझा उम्मेदवार हुँ ।’ टिकट निश्चीत भए पछि सोमबार मनोनयन दर्ताका लागि सुवोध काका समेत रहेका सभामुख अग्निी सापकोटालाई लिएर सदरमुकाम चौतारा जाने तयारी थालेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com