असोज, २३ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ताको काम भईरहेको छ । काठमाडौंसहित देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउन थालेका हुन् ।
आयोगले प्रतिनिधिसभातर्फका १६५ र प्रदेशतर्फका ३३० निर्वाचन क्षेत्रमा निर्वाचनका लागि एकसाथ मनोनयन दर्ता गरिरहेको हो । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ताको कार्य बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ । मनोनयन दर्ताका लागि मङ्सिर २० गतेसम्ममा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
मनोनयन दर्ताका लागि जाँदा २५ जना भन्दा बढी सहभागी हुन पाइँदैन भने बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आयोगले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com