असोज, २६ । काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते पक्राउ परेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com