असोज, २८ । मधेश प्रदेशमा नेपाली काँग्रेसका तीन मन्त्री बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी रामसरोज यादव, वीरेन्द्र प्रसाद सिंह र ओम प्रकाश शर्मालाई मन्त्रिमण्डलबाट हटाएका हुन् । संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारले कांग्रेसबाट सरकारमा मन्त्री हटाएको एक नेताले बताए ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई भने हालसम्म राजीनामा दिन भनिएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com