असोज, ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ ।
अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको को मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए । onlinekhabar
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com