असोज, ३१ । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी उक्त कार्यालयले खारेज गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदवीर नेपालीले सोमबार निकालेको सूचनामा गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरिएको छ । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com