कार्तिक ४ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार माओवादीका पोलिटब्यूरो सदस्य माधव सापकोटा ‘सुबोध’ले पार्टी र स्वार्थ भन्दा माथि उठेर विकास र समृद्धिका लागि आफुले काम गर्ने बताएका छन् ।
आज गठबन्धन दलहरुले सिन्धुपाल्चोकको चौतारामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले सिन्धुपाल्चोकको समृद्धि र नागरिकको भावना अनुरुप दल र स्वार्थ भन्दा माथि उठेर आफुले काम गर्ने बताएका हुन् । उनले अबको पाँच वर्ष सिन्धुपाल्चोकबासीका लागि साझा प्रतिनिधिको रुपमा आम नागरिकको जनभावना अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘गठबन्धनका उम्मेदवारहरु एकताबद्ध भएर काम गर्दा सिन्धुपाल्चोकको विकासमा चमत्कार गर्न सकिन्छ, हामी अहिले गठबनधनबाट साझा उम्मेदवारका रुपमा छौँ, चुनावपछि पनि साझा रुपमा नै सवैसँग समन्वय गरेर अघि बढ्नेछौँ ।’
सभामुख अग्निप्रसााद सापकोटाले आफु उम्मेदवार नबनि उदाउँदै गरेका युवाका लागि गरेको त्यागलाई स्थापित गराउनु आफ्नो पहिलो कर्तव्य भएको बताए । उनले प्रतिनिधिसभाका अर्का साझा उम्मेदवार मोहन बस्नेतको पनि खुलेरै प्रशंसा गरे । उनले बस्नेतको नेतृत्वमा साझा उम्मेदवारहरु एकताबद्ध भएर काम गरे जिल्लाको विकासले फड्को मार्ने बताए ।
कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार मोहन बस्नेतसहित प्रदेशसभा सदस्यका उम्मेदवार युवराज दुलाल र कृष्णकुमार तामाङ त्यस्तै, क्षेत्र नम्बर १ बाट साझा उम्मेदवारहरु सरल सहयात्री पौडेल, मसिना खड्का भण्डारीले साझा उम्मेदवारलाई जिताउन आम नागरिकसँग अपिल गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com