काठमाडौं, १३ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गरेका सिन्धुपाल्चोकका दलहरुले आज काठमाडौंको प्रज्ञा भवन कमलादीमा संयुक्त भेला आयोजना गरेका छन् ।
काठमााडौंमा विभिन्न पेशा, व्यवसाय गरेर बसेका मतदातासँग भेटघाट एवं वृहत संयुक्त भेला राखिएको आयोजकले जानकारी दिएका छन् ।
कार्तिक ४ गते चौतारामा संयुक्त चियापान गरेर गठबन्धनको साझा कार्यक्रम सुरु गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, समाजवादी र जनमोर्चाले जिल्लामा एक चरणको संयुक्त भेला तथा छलफल सकेपछि आज काठमाडौंमा कार्यक्रम गर्न लागेका हुन् ।
लोकतान्त्रिक वाम गठबन्धनको सिन्धुपाल्चोक काठमाडौं संपर्क समितिका अनुसार भेलामा गठबन्धनका तर्फबाट सिन्धुपाल्चोकका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थितिमा छलफल गर्न लागिएको हो ।
लोकतान्त्रिक वाम गठबन्धनबाट सिन्धुपाल्चोक १ प्रतिनिधि सभाका लागि माओवादीका पोलिव्यरो सदस्य एवं जिल्ला इन्चार्ज माधव सापकोटा सुबोधले उम्मेदवारी दाखिला गरेका छन् । क्षेत्र नं १ का क मा नेपाली कांग्रेसकी नेतृ मसिना खड्का भण्डारी र १ को ख मा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् ।
जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि कांग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ को क मा माओवादीका पोलिव्युरो सदस्य, पूर्व मन्त्री युवराज दुलाल सरद र क्षेत्र २ को ख मा कृष्ण कुमार तामाङ समिरको उम्मेदवारी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com