२३ कात्तिक, काठमाडौं । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९र८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।
यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८र७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com