मंसिर, १२ । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासीमा भएको झडपमा १७ जना घाइते भएका छन् । बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका हुन् ।
सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् ।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा घाइते भएका हुन् । घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते भएका नगर प्रहरीको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा अधिकांश नयाँ भर्ती भएका नगर प्रहरी रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com