मंसीर, १७ । नवनिर्वाचित प्रतिनिधिसभा सांसद एवं नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य माधव सापकोटा सुवोधले माओवदी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
योहो टेलिभिजनको एक अन्तवार्तामा सांसद सुवोधले यसअघि कांग्रेस नेतृत्वको सरकार बनाउन माओवादीले सघाएकोले गठवन्धनको मर्मलाई बचाई राख्न प्रचण्ड नै प्रधानमन्त्रीको स्वभाविक दावेदार भएको बताएका हुन् ।
उनले भने, ‘यसअघि कांग्रेस नेतृत्वको सरकार बनाउन माओवादीले सघाएको थियो र यसअघिको आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार अब यसपटक सरकारको नेतृत्व गर्ने पालो माओवादी कै हो । त्यसका लागि नेपाली कांग्रेस तयार हुन्छ भन्ने हाम्रो विश्वास हो ।
सुवोधले संसदमा माओवादी पार्टी सिटका आधारमा केही सानो आकारमा खुम्चीए पनि अझै निर्णायक शक्ति हो । सरकार कस्तो बनाउने, कस्लाई सहयोग गर्ने भन्ने साँचो माओवादीकै हातमा छ । यसपटक माओवादीलाई देशको नेतृत्व गर्ने अवसर पाउने उनको दावी छ । उनका अनुसार प्रधानमन्त्री बन्ने तयारीमा अध्यक्ष प्रचण्डले छलफल र तयारी समेत थालिसकेका छन् ।
सांसद सुबोधले इच्छुक भए राष्ट्रिय स्वतन्त्र पार्टी र सिके राउतको जनमत पार्टीलाई पनि सरकारमा सामेल गराउन सकिने बताए । अबको पाँच वर्ष गठबन्धनलाई निरन्तरता दिन आवश्यक रहेको पनि नेता सुवोधको भनाई छ । उनले अहिलेको अवस्थामा गठवनधन भत्कीने कुनै सम्भावना नरहेको भन्दै एमालेसंग सहकार्य तत्कालाका लागि सम्भवन नरहेको स्पष्ट पारे ।
अन्तरवार्ताका क्रममा सांसद सुबोधले मुलधारका राजनीतिक शक्तिप्रति जनताको वितृष्णा बढ्दै गएको अवस्थामा त्यसको लाभ नयाँ उदाउँदै गरेका पार्टीले उठाएको टिप्पणी गरे । उनले संसदमा पुगेका युवा पुस्ताले मुलधारको राजनीतिमा आकर्षण पैदा हुने गरि पार्टी र सदनमा कस्तो भुमिका खेल्ने भन्ने विषय ठूलो चुनौती भएको बताए । जसका लागि आगामी दिनमा समृद्धि र सुशासनका क्षेत्रमा देखिने गरि काम गर्न आवश्यक रहेको उनको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com