मंसीर, २५ । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। मौसमविदका अनुसार तापक्रम क्रमशः घट्दो क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ। पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका क्षेत्रमा हुस्सु लाग्न थालिसकेको छ ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। यो हालसम्म यो वर्षकै सबैभन्दा कम हो। हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस थियो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com