पौष, १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन टुट्न नदिन आग्रह गरेका छन्। महामन्त्री शर्माले गठबन्धनको बैठक जारी रहेकै बेला
सामाजिक सञ्जालमार्फत भनेका छन्, कसैसँग एक्लो बहुमत नभएकाले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात् गर्दै गठबन्धनलाई निरन्तरता दिन जरुरी छ ।’ गठबन्धन गर्दा पनि सामान्य बहुमत नपुग्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथमा लिएर सरकार गठन गर्नुपर्ने तर्क उनले गरेका छन्।
नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन नै भत्किने हो कि भन्ने आशंका भइरहेका बेला प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लचकता अपनाएर भए पनि गठबन्धन टुट्न नदिन आग्रह गरेका छन्। बहुमत जुटाई सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समय आजै अपराह्न ५ बजे सकिँदै छ। तर गठबन्धनका दलले यस विषयमा अझै सहमति जुटाउन सकेका छैनन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com