माघ २१ । नेपाल क्रिकेट संघ क्यान र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। लामिछानेलाई राष्ट्रिय टीममा समावेश गरिएको भन्दै विरोधमा प्रदर्शन भएको हो। काठमाडौंको माइतीघरमा केही स्वतस्फुर्तरुपमा जम्मा भएका युवायुवतीले प्रदर्शन गरेका हुन्।
महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शनमा क्रिकेट संघविरूद्ध नाराबाजी भएको थियो। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड साथमा बोकेका थिए। लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराएसँगै क्यानविरुद्ध आलोचना भइरहेको छ।
आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो।
बलात्कारको आरोप लागेका सन्दीपलाई क्यानले यसअघि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com