माघ, २७ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोध चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन निकै खटिएका छन् । माओवादी केन्द्रको पोलिव्युरो सदस्य समेत रहेका सुबोध संघीय सांसदमा निर्वाचित भएसँगै तातोपानी नाका खुलाउने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । लामो समयदेखि ठप्प रहेको मुख्य व्यापारिक तातोपानी नाकालाई सञ्चालनमा ल्याई व्यापारिक गतिविधि बढाउन सांसद सुबोध निरन्तर लागि परेका हुन् ।
सांसदमा निर्वाचित भएलगत्तै उनले नाकाको स्थलगत अध्ययन गरि स्थानीय जनप्रतिनिधि र सम्बन्धित पक्षसँग छलफल गरे । त्यसपछि उनले निवर्तमान सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटि नाका खुलाउन चीनसँग कुटनैतिक पहल गरिदिन आग्रह गरे ।
पछिल्लो समय उनले नवनियुक्त चिनियाँ राजदूत चेन सङ्गसँग नाका खुलाउने विषयमा निरन्तर संवाद गरिरहेको र चीनबाट सकारात्कम प्रतिक्रिया आएको बताए । सांसद सुबोधले हिजो बिहिबार पनि तातोपानी नाका रहेको भोटेकोसी गाउँपालिमा सरोकारवाला निकायसँग छलफल गरे । छलफलमा सांसद सुबोधले नाका पूर्बवत सञ्चालनका लागि गरिएको पहलले सार्थकता पाउने बताए ।
चुनावताका सांसद सुबोधले तातोपानी नाका पूर्बवत सुचारु एवं नियमिति रुपमा जनताको घर दैलोमा पुग्ने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार अहिले आफ्ना प्रतिबद्धता पूरा गर्न र नागरिकका जनचासोमा रहेका विषयमा आफुले काम गरिरहेको ह्वाइखबरलाई बताए । भूकम्प, बाढी पहिरो र कोरोनाका कारण विगत ७ बर्ष यता नेपाल चीन बीचको व्यापारिक तातोपानी नाका पूर्बवत सञ्चालन हुन सकेको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com