चैत्र, १ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो । बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ । मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित रहेको राप्रपाको ठहर छ । ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com