चैत्र, १५ । लामो समयको कसरतपछि सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ ।
बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको हो । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चालाई भने मन्त्रालय भागवण्डा गरिएन् ।
यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com