काठमाडौँ । देशका विभिन्न स्थानमा डढेलो लाग्दा काठमाडौँ उपत्यकासहित देशैभर प्रदूषण बढेको छ । सुख्खा मौसम सुरु भएसँगै डढेलो लाग्दा विश्वका सबै देशलाई उछिन्दै काठमाडौँ सबैभन्दा बढी प्रदूषित सहरमा सूचीकृत भएको छ ।
विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्ने आइक्युययरका अनुसार आइतबार सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा काठमाडौँ पुगेको हो । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको आकलन गरेको छ । बादल लागे पनि पानी पर्ने सम्भावना नभएकाले प्रदूषणले मानव स्वास्थ्यलाई असर पार्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
डढेलोबाट उत्पन्न प्रदूषणले दीर्घ रोगीलाई समस्या गराउन सक्ने भएकाले सजग रहन सरकारले आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा पिएम २ दशमलव १० र न्यूनतम २५ माईक्र्रोग्राम हुनु पर्ने व्यवस्था छ भने नेपालमा ४० माईक्र्रोग्राम हुनुपर्ने व्यवस्था छ । तर, उपत्यकासहित तराईमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा सय पिएम प्रदूषण भएको छ । आँखाले देख्न नसक्ने स–साना धुलोका कणहरू अक्सिजनको माध्यमबाट फोक्सो हुँदै रक्त कोषसम्म पुग्ने भएकाले अत्यन्तै हानिकारक मानिन्छ । आज काठमाडौँको रत्नपार्कमा १४३ पिएम, कीर्तिपुर १५२ पिएम, भैसेपाटी १६५ पिएम, खुमलटार १८१ पिएम छ । जुन विश्व स्वास्थ्य संगठनले तोको भन्दा तेब्बर भन्दा बढी प्रदूषण हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com