वैशाख, २५ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद अमरेश कुमार अर्धनग्न बनेका हुन् । सभामुखले बोल्ने समय नदिएको भन्दै त्यसको विरोधमा उनी अर्धनग्न बनेर विरोध जनाए । प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए ।
सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए। सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com