जेठ, ३ । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोध आफ्नो निर्वााचन क्षेत्रको विकासका लागि निकै खटिएका छन् । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन् । निर्वाचित भएयता संसदमा बलियो उपस्थिती देखाएका सांसद सापकोटाले आफु निर्वाचित भएको क्षेत्रमा पनि निकै सक्रियताका साथ उपस्थिती जनाएका छन् ।
आम नागरिकका गुनासा सुन्नेदेखि विकासनिर्माणका काममा उनको सक्रियता निकै लोभलाग्दो देखिएको छ ।प्रतिनिधिसभाको बैठक र पार्टीको महत्वपूर्ण काम बाहेक धेरैजसो समय सिन्धुपाल्चोकमै वित्ने गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन ताका गरेका प्रतिवद्धता पूरा गर्ने दौडधुपमा उनी देखिन्छन् । निर्वाचित भएपछि उनले सिन्धुपाल्चोकबासीका लागि तातोपानी नाका दुईतर्फि सञ्चालनको महत्वपूर्ण काम गरेका छन् ।
योसँगै उनले लामो समयदेखि अलपत्र सडक तथा पुल निर्माणको अनुगमन तथा निर्देशन दिई काम सुचारु गराउने, विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँग आवस्यक समन्वय गर्ने, घरदैलो गर्दै गुनासा सुन्ने जस्ता काममा उनी खटिएको देखिन्छ ।
आज पनि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने जलबिरे ढाँडे कार्तिके सडक निर्माण अनुगमन, नदी नियन्त्रण तथा बस्ती संरक्षण, बोक्से खोला पुलको अनुगमन गरेका छन् ।
सांसद सापकोटासहित बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री पौडेल, जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बो लगायत जनप्रतिनिधीहरु, पुर्वाधार बिकास कार्यालयका प्रमुख र प्राबिधिकहरु, निर्माण कम्पनिका प्रतिनिधिलगायत सरोकारवालाहरुले जलबिरे ढाँडे कार्तिके सडक निर्माण अनुगमन, नदी नियन्त्रण तथा बस्ती संरक्षण, बोक्से खोला पुल निर्माण लगायत बिषयमा छलफल गरेका हुन् ।
उनीहरुले गुणस्तरीय निर्माण र समयमै सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । निर्माण कम्पनिले यहि जेष्ठ १६ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com