जेठ ५ । मधेश प्रदेश सरकारको नेतृत्व तत्काल परिवर्तन नहुने भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूबीचको बैठकले मधेश प्रदेश सरकार आलोपालोमा चलाउने समझदारी बनाएको हो।
जस अनुसार अहिले जनता समाजवादी पार्टी ९जसपा० ले नेतृत्व गरिरहेको सरकार केही समय कायम रहने छ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार तत्काल सरकार फेरबदल नगरी आलोपालो चलाउने दलहरूबीच समझदारी भएको हो।
जनमत पार्टीको हकमा भने कुनै टुंगो लागेको छैन । अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा जनमत पार्टीले गत १० वैशाखमा भएको उपनिर्वाचनमा बारा–२ मा शिवचन्द्र कुशहवालाई उठाएको थियो। सत्ता गठबन्धनमै रहेपनि जनमत पार्टीले उम्मेदवारी दिएपछि उपेन्द्र बिच्किएका थिए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com