जेठ, १४ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com