जेठ, १५ । बागमती प्रदेशमा नेपाली कांग्रेस रुपान्तरण अभियान सुरु भएको छ । काँग्रेसभित्र रुपान्तरणको मुद्या उठाएका युवा नेताहरुको आयोजनामा बागमती प्रदेशमा अभियाान सुरु गरिएको हो ।
आम नागरिकको अपेक्षा अनुसार काँग्रेस अघि बढ्न नसकेको भन्दै पार्टीका युवा नेताहरु रुपान्तरण अभियानमा लागेको र सोही अनुसार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि अभियान थालिएको नेता भुपेन्द्रजंग शाहीले बताए । उनले भने, “यो अभियान गुट निरपक्ष अभियान हो। यो कसैलाइ कम्जोर बनाउने र कसैको जय जय कार गर्ने तथा निश्चित समुहको स्वार्थ र हितमा काम गर्ने अभियान नभएर सिङ्गो पार्टिलाइ बलियो बनाउने र पार्टिकै चिन्ता चासोले पार्टिकै हितमा प्रारम्भ गरिएको अभियान हो ।”
रुपान्तरण अभियान गएको जेठ ११ गते मधेस प्रदेश जनकपुरवाट शुभाराम्भ भएको थियो । नेपाली कांग्रेसलाई सशक्त, लोकप्रिय र गतिशील ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ मेची देखि महाकालीसम्म सातै प्रदेशमा बृहत भेला गरेर रुपान्तरण अभियान थालिएको हो । यो अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुद्दृढ बनाउने अभियानका अग्रज युवाहरुले विश्वास लिएका छन् ।
भेलामा केन्द्रीय सदस्य मधु आचार्य, प्रकास स्नेहि, अजय बाबु सिबाकोटि, , नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे, राजेन्द्र अ्मात्य, रमेश धमला, रामनाथ अधिकारि, बसन्त गौतम, रिसिराम घिमिरे, विष्णुदेवी पाण्डे, बिजुला बर्मा , भुपेन्द्र थापा, बिकास लामा, जितनारायण श्रेष्ठ , अ्मिता प्रधान, बंशीलाल तामाङ, उज्वल बराल, इन्दिरा नेपाने, लक्ष्मि थापा, सङ्या पोख्रेल, देबकि गौतम, विनोद कायस्थ, धर्मेन्द्र नेम्वाङ, सुवास लोहनी, सुवास पोखरेल, सरु बानिया , ग्यानु तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com