असार, १। सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रवार सांसदहरूको प्रश्नको सामना गरेका थिए । उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com