सोलुखुम्बु, । सोलुखुम्बुको खुम्बूपासाङल्हामु गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ लागि ६२ करोड माथिको बजेट स्वीकृत गरेको छ । नगरसभाले आगामी वर्षका लागि ६२ करोड ७० लाख ८६ हजार आय अनुमानित बजेट स्वीकृत गरेको हो ।
नगरपालिकाको आन्तरिक आय तर्फ ११ करोड, सङ्घीय राजश्व बाँडफाँड तर्फ रु ७ करोड ८२ लाख २६ हजार, प्रदेश राजश्व बाँडफाँड तर्फ २४ लाख ५३ हजार बजेट छुट्याइएको छ । प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड तर्फ ९ करोड २० लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण तर्फ २२ करोड ९ लाख, प्रदेश सरकारको वित्तीय हस्तान्तरण तर्फ १ करोड ६२ लाख ६२ हजार, अन्य अनुदान तर्फ ७ करोड ७८ लाख र चालु आ.व. २०७९÷०८० मा खर्च हुन नसकी आगामी आर्थिाक वर्ष ०८०÷०८१ का लागि अ.ल्या. मौज्दात २ करोड ९४ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको हो ।
स्वीकृत बजेट गाउँपालिकाका ५ वटा विषयगत समितिहरु मध्ये आर्थिक विकास समिति तर्फ ५ करोड ३८ लाख ४ हजार, सामाजिक विकास समिति तर्फ २४ करोड ८० लाख ७५ हजार, पूर्वाधार विकास समिति तर्फ १६ करोड ७९ लाख ३४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन समिति तर्फ २ करोड ४३ लाख ३१ हजार र संस्थागत तथा सुशासन समिति तर्फ १३ करोड २९ लाख ४२ हजार रहेको छ ।
बजेटको संरचनालाई हेर्दा पूँजीगत तर्फ ३१ करोड ८२ लाख ६६ हजार १ सय ४० अर्थात् ५०.७५५ र चालु खर्च तर्फ ३० करोड ७० लाख ४ हजार ४ सय ३० अर्थात् ४९.२५५ रहेको छ । उच्च शिक्षा छात्रवृत्ति, स्वास्थ्य उपचार तथा उद्धार, पर्यटकीय पदमार्ग निर्माण तथा स्तरोन्नति, पर्यटन प्रवर्द्धन, सरसफाई तथा वातवरण संरक्षणलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com