असार, २६ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले कर्मचारीलाई ‘आत्महत्या गर्ने भए झुण्डीनका लागि डोरी पठाउनु’ भन्ने असहिष्णु अभिव्यक्ति माथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आपत्ति जनाएको छ ।
मंगलबार पत्रकारहरुसंग अन्तरक्रियाको क्रममा मन्त्री बस्नेतले कर्मचारीहरुले सरुवा माग्न आउने नदिए आत्महत्या गर्छु भन्ने धम्की दिएपछि आफूले मन्त्रालयको सचिवलाई आत्महत्या गर्ने धम्की दिने कर्मचारीलाई झुण्डीनका लागि डोरी दिएर पठाउनु भनेको अभिव्यक्ति दिएका थिए । तर कसैको ज्यानसंग व्यंग्य गर्दै आत्महत्या गर्न प्रेरित गर्ने अभिव्यक्ति दिएको भन्दै महासंघले विभागीय मन्त्री बस्नेतको घोर भत्सर्ना तथा खेद प्रकट गरेको हो ।
महासंघका अध्यक्ष डा. झलक गौतमद्धारा जारी विज्ञप्तीमा मन्त्री बस्नेतको अभिव्यक्तिले मुलुकी अपराध संहिता २०७४ अन्तरर्गत आत्महत्या दुरुत्साहन हुने दावी गरिएको छ । मनत्री बस्नेतको गैरजिम्मेवार अभिव्यक्तिले गरिमामय मन्त्री पदकै अवमुल्यन भएको विज्ञप्तीमा उल्लेख छ । सिधा राजीनामा नमागिए पनि विज्ञप्तीमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले मन्त्री बस्नेतले नैतिकता प्रदर्शन गर्न माग गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com