असार, २८ । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएको छ । र नयाँ न्यूनतम मूल्य तोकेको छ ।
गएको असार २६ मा बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।
नयाँ मूल्यअनुसार अब किसानले बिक्री गर्ने मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com