असार, २९ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन माग गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने बताउँदै नेपालमै पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् । उनले भनिन्–‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।
नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ ।
पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com