काठमाडौं। ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुभित्र लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले थप दुईजनालाई पक्राउ गरेको हो ।
राजश्व अनुसन्धान विभागले सुन बरामद गर्दै गरेको अनुसन्धानको जिम्मा अहिले सीआईबीलाई दिइएको छ । जसअनुसार सीआईबीले बिहीबार राति काठमाडौंबाट दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
यसअघि गत बुधबार पनि सीआईबीले सुन तस्करी प्रकरणमाम चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
योसमेत सुन तस्करी प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com