काठमाडौं, ५ भदौ । राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिकाो विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन । एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार मंगलबार समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।
सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने गएनन् । उनी बिरामीकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँडेका थिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com