काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरुकाे सामूहिक छलफलले प्रधानमन्त्रीलाई बलियाे बनाएर जाने निष्कर्ष निकालेको छ ।
मंगलबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व बसेको बैठकले प्रधानमन्त्रीलाई बलियो बनाउने निष्कर्ष निकालेको छलफलमा सहभागी मन्त्री सुरेन्द्र आचार्यले बताए । उनले भने,’प्रधानमन्त्रीलाई बलियो बनाएर जानुपर्छ । मन्त्रीहरुबीच एक आपसमा परिणाममुखी कामका लागि समन्वय गर्नुपर्छ भन्नेबारे छलफल भयो ।’ छलफलमा उपप्रधानमन्त्री खड्काले पहिलोकै सहमति अनुसार गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका थिए ।
“एमालेले अनेक वितण्डा गरिरहेको छ । संसदलाई बन्धक बनाउने अनेक काम भएको छ । एमालेले अनेक किसिमका चलखेल गर्दैछ । त्यसमा हामी सचेत हुनुपर्छ” खड्काले भनेका थिए ।
सत्ता गठबन्धनलाई कायम राखेर अगाडि जाने विषय गम्भीर छलफल भएको आर्चायले बताए । उनका अनुसार जनसरोकारका विषयमा मन्त्रीहरु खरो रुपमा उत्रिनुपर्ने विषय छलफल भएको थियो । कांग्रेस मन्त्रीबीच आन्तरिक छलफल गरेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुने सहमति भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com