काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अपरान्ह ५ बजे बस्नेगरी बोलाइएको बैठकमा संसदीय समिति सभापति चयनलगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ ।
संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा आधिकारिक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।
संसदीय समितिका सभापतिको चयनका लागि आउँदो सोमबार निर्वाचन हुँदै छ । चुनावी प्रक्रिया भने आइतबारबाटै सुरु हुने भएपछि पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com