काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो समिति गठन गरेका हुन् । बज्राचार्य सिआईबीकी निर्देशक हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com