काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।
समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । उनले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताए ।
महासचिव विप्लवले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए । उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियकरण सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुपर्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com