माघ, २५ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति र स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको हो । शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ भने आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् ।
माओवादीले फागुनको पहिलो हप्ता प्रथम विधान अधिवेशनको तयारी गरिरहेको छ । सोही अधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुनेछ ।
मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com