काठमाडौँ । देशका विभिन्न जिल्लाका स्थानीय तहले फागुन १ गतेलाई सार्वजनिक विदा दिएको सूचना जारी गरिरहेका छन् । कतिपय पालिकाले जनयुद्ध दिवसको अवसर पारेर धमाधम सार्वजनिक विदाको सूचना निकालीरहेका हुन् । यता, गृह मन्त्रालयले फागुन १ मा सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । स्थानीय तहले फागुन १ मा सार्वजनिक विदा दिन थालेपछि गृह मन्त्रालयले एक सूचना नै जारी गरि सार्वजनिक विदा नरहेको स्पष्ट पारेको हो । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।
गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।
यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले भने बदर गरिदिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com