फागुन, २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा नजाने भएको छ । आज सम्पन्न राप्रपाको केन्द्रिय कार्यसम्पादन बैठकले सरकारमा नजाने निर्णय गरेको हो । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, राप्रपाले पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्नमाथि कारबाही गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ ।
पार्टीले सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौँमा तय भएको जनप्रदर्शनको मिति सारिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com