चैत, १२ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । केन्द्रमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको नाउपा सुदूरपश्चिम प्रदेशमा भने काँग्रेसको पक्षमा उभिएको हो । नाउपाको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको एक नेताले बताए ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्ये पाँचजना मन्त्री नै भइसकेका छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com