१४ असार, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान गरेको छ ।
अजरबैजानको संसदको आयोजनामा आगामी असार १६ देखि १८ गतेसम्म हुन गइरहेको Non Aligned Movement Parliamentary Network को सम्मेलनमा सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल आज मंगलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।
कार्यक्रममा सम्माननीय सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्नुहुँदै सम्बोधन गर्नुहुने छ । सम्मेलनमाStatute on working modalities of the Non Aligned Movement Parliamentary Network अनुमोदन गर्ने तथा Baku Declarationजारी गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका क्रममा सम्माननीय सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागि भई प्रतिनिधिमण्डल असार १९ गते नेपाल फर्कने समय तालिका रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com