काठमाण्डौ, साउन २ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ ।
रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो । गएको वर्षको तुलनामा झन्डै आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com