काठमाण्डौ, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच सोमबार साँझ भेटघाट भएको गौतमको सचिवालयले जनाएको छ । दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको बुझिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com