काठमाण्डौ, साउन १० । शेयर बजार परिसूचक नेप्से आज घटेको छ ।
हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।
बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज दुई सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com