काठमाण्डौ, साउन १० । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको नतिजा अनुसार उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेको संख्या ९६ हजार ३३ रहेको छ । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् ।
गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी थिए । दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com